arrow

पत्रकार महासंघको निर्वाचन हुँदै, यस्तो छ भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
FNJ-Final.jpg

काठमाडौँ । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण  पटक पटक स्थगित हुँदै आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो ।

आगामी तीन वर्षको नेतृत्वका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन् भने विष्टले प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन् । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैछन् । 

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागि युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन् । 

महिला उपाध्यक्षमा नीता पौडेल र गंगा बराल पौडल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साहबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

उता महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीवाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् ।

 यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ