arrow

ढाकासहित अन्य ठाउँमा बढ्यो वायु प्रदूषण, घरभित्रै बस्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
pollution-delhi20211.JPG

काठमाडौँ । बङ्गलादेशको अन्तरिम सरकारले राजधानी ढाका र देशका अन्य ठाउँमा बढ्दो वायु प्रदूषणका कारण व्यक्तिगत स्वास्थ्य जोखिम भएका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । 

नागरिकलाई बाहिर निस्किँदा मास्क लगाउन सल्लाह दिएको छ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले ढाकामा एक विज्ञप्ति जारी गर्दै ढाका र आसपासका क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर रहेको जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार वायु प्रदूषणले हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान लिन्छ । जसको मुख्य कारण स्ट्रोक, मुटु रोग, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, फोक्सोको क्यान्सर र तीव्र श्वासप्रश्वास सङ्क्रमणबाट हुने मृत्युदरमा वृद्धि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ