arrow

जङ्गली हात्तीको आक्रमणमा परे वन हेरालु, गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
elephant-bahundangi-jhapa.jpg

कञ्चनपुर ।  जङ्गली हात्तीले आक्रमण गर्दा  साँझ पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन ।

साँझ ४ बजे मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेरालु विष्टमाथि हात्तीले आक्रमण गरेको हो । झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । 

उनका अनुसार घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आइसीयु) मा उपचार भइरहेको छ । 

वन क्षेत्रमा हात्तीका दुई छावासहित २०/२५ को सङख्यामा रहेका छन् । जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ