arrow

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित, चिसो बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
himpat-doti-badikadar-2081.jpg
तस्बिर– डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका क्षेत्र, रासस ।

बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुशीयाली छाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ