arrow

‌ओलीको चीन भ्रमण र चुनावको समीक्षा गर्न एमाले सचिवालय बैठक मंगलबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
um-party-office-new-2079.jpg
फाइल तस्बिर

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले यही मङ्सिर २५ गते  अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ