शपथ समारोहमै पक्राउ परे हत्या आरोपमा जसपा नेपालबाट नवनिवार्चित वडाध्यक्ष
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
707
Shares
सप्तरी । शपथ ग्रहण गर्दा गर्दै एक जना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन् ।
डाक्नेश्वरी नगरपालिका–१, सप्तरीका नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले शपथ ग्रहण समारोहबाट पक्राउ गरेको हो ।
उनी गत मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।