-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडिरहेका छन् ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमका लागि विनोद भण्डारीले आक्रामक खेलेका छन् ।
सुदूरको यो पहिलो खेल हो भने विराटनगरले दोस्रो खेल खेलिरहेको हो । पहिलो खेल विराटनगरले जनकपुर बोल्टससँग हारेको थियो ।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हालेका छन् भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले सम्हालेका छन् ।
यसअघिका खेल
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।