-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा भएको उपाध्यक्षको मतदानको मतगणना तीव्र रुपले भइरहेको छ । पछिल्लो गणनाअनुसार माओवादी केन्द्र अगाडि लागेको छ ।
आइतबार भएको मतदानमा ६६.४३ प्रतिशत मत अर्थात् ६ हजार ८ सय १० मतदातामध्ये ४ हजार ५ सय २४ मत खसेको थियो ।
१२ सय ८४ मत गन्दा माओवादी ४७७ मतसहित अगाडि लागेको हो । नेपाली कांग्रेस ३४८ मतसहित दोस्रो स्थानमा छ । नेकपा एमाले ३०५ मतसहित तेस्रो स्थानमा छ ।
३१ मत बदर भएकामा राप्रपा २०, रास्वपाले ५ मत पाएको छ भने स्वतन्त्रको नाममा शून्य मत परेको छ ।