arrow

एनपीएलमा कर्णाली र जनकपुर मैदानमा, कर्णालीबाट शिखर धवन क्रिजमा

१४ बलमा १४ रन बनाएर बोल्ड आउट भए शिखर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
npl-trophy-2024-final.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको तेस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्टसबीचको खेल भइरहेको छ । 

कीतिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कर्णालीका लागि भारतीय खेलाडी शिखर धवन (गब्बर) ले ओपनिङ जोडीका रुपमा ब्याटिङ गरेका छन् । 

उनी १४ बलमा १४ रन बनाएर बोल्ड आउट भएका छन् । 

कर्णालीको नेतृत्व सोमपाल कामीले गरिरहेका छन् भने जनकपुरको नेतृत्व अनिल साहले गरेका छन् । 

यो कर्णालीको पहिलो खेल हो भने जनकपुरले दोस्रो खेल खेलिरहेको हो । जनकपुरले पहिलो खेल जितेको थियो । 

–प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ