हुम्लाको सर्केगाडमा मतगणना शुरु, प्रारम्भिक गणनामा कांग्रेस अगाडि
जनकबहादुर शाही,
प्रकाशित २०८१ मंसिर १७ सोमबार
881
Shares
तस्बिर – फाइल ।
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा भएको उपाध्यक्षको मतदानको मतगणना शुरु भएको छ । आइतबार भएको मतदानमा ६६.४३ प्रतिशत मत अर्थात् ६ हजार ८ सय १० मतदातामध्ये ४ हजार ५ सय २४ मत खसेको थियो ।
१३ मतदान केन्द्र र १२ मतदान स्थल रहेकामा एउटा बुथको मतगणना सकिँँदा नेपाली कांग्रेस अगाडि रहेको छ ।
१७२ मत गन्दा कांग्रेस ६८ एमाले ५०, माओवादी ४८, राप्रपा र रास्वपा २–२ मत पाउन सफल भएका छन् । २ मत बदर भएको छ ।
८ वटा वडा रहेको उक्त गाउँपालिकामा राति अबेर मतपेटिका संकलन गरिएकामा बिहानदेखि मतगणना थालिएको हो ।