एनपीएलमा काठमाडौँको कमजोर ब्याटिङ, चितवन ११२ रनको चुनौती पछ्याउँदै [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
310
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज भिडिरहेका छन् । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले खराब प्रदर्शन गरेको छ ।
काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १११ रनमै रोकियो । सुमित महर्जनले सर्वाधिक २९ रन बनानएको इनिङ्समा मिचेल लेभिट १६ बलमा २५ रन बनाएर आउट भए ।
पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिए । उनले २१ रन खर्चेका थिए । त्यस्तै कुशल मल्ल, रिजन ढकाल, अमर राउटेला र लुक बेन्केस्टिनले १–१ विकेट लिए ।
काठमाडौँको नेतृत्व करण केसीले गरेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले गरेका छन् ।
जवाफमा ११२ रनको सामान्य चुनौती लिएर चितवन मैदानमा उत्रिइसकेको छ । चितवनले आक्रामण शुरुआत गरेको छ ।
प्रतियोगिताको तेस्रो खेलमा आज दिउँसो जनकपुर बोल्टस र कर्णाली याक्स भिड्दै छन् ।
यसअघि भएको उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।