नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
1k
Shares
काठमाडौँ । जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन् ।
लामिछाने चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।