कालीकोटको तिलागुफा–४ मा माओवादीको सिट घट्यो, नेमकिपाका शाही विजयी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
532
Shares
कालीकोट । कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आइतबार भएको उपनिर्वाचनम नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी भएका छन् ।
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
उक्त उपनिर्वाचनमा नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पन्तले बताए ।
कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए ।
चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।