arrow

पृथ्वीको अवलोकन गर्ने रुसी उपग्रह कक्षामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
international-space-station-iss.jpg

काठमाडौँ । रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले दोस्रो राडार उपग्रह कोन्डोर–एफकेए उपग्रह कक्षामा पुगेको विज्ञप्ति मार्फत घोषणा गरेको छ । कोन्डोर–एफकेए एउटा सानो नागरिक रडार पृथ्वी पर्यवेक्षण उपग्रह हो, जुन नागरिक समकक्षको रूपमा डिजाइन गरिएको छ ।

रूसमा आधारित रकेट डिजाइन ब्यूरो (एनपीओ) ले यसको स्थापनादेखि कोन्डोर–एफकेएको निरन्तर प्रगति देखेको जनाएको छ । पहिलो दुई उपग्रह सन् २०१३ र सन् २०१४ मा प्रक्षेपण गरिएको थियो । 

कोन्डोर–एफकेए १ सन् २०२३ मा कक्षमा प्रवेश गरेको थियो । दुई थप उपग्रहहरू हाल निर्माणाधीन छन् । तेस्रो कोन्डोर–एफकेए प्रक्षेपण सन् २०२६ को लागि योजना गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ