arrow

सानीभेरी स्थानीय तह निर्वाचन 

पैसा बाँड्दै गरेका १५ माओवादी कार्यकर्ता पक्राउ, डीएसपी पोखरेलले घटनालाई पारे फासफुस [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
maoist-arrest-election-sanibheri (2).jpg

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मतदातालाई पैसा बाँड्दै गरेका १५ जना माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । 

गएराति घापाघार भन्ने ठाउँमा माओवादीका नेताहरुले बसन्त कुसारीको घरमा बसेर स्थानीयलाई जम्मा गरेर पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

सानीभेरी वडा नम्बर ५ मा उपनिर्वाचन भइरहेको हो । सो क्रममा माओवादका कार्यकर्ताले कुखुरा काटेर रगत भाकल गरेर उनीहरुलाई पैसा बाँडिएको एक सुरक्षाकर्मीले जानकारी दिए । 

चुनावमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर उनीहरुलाई रातभर राखेको थियो । 

उक्त क्षेत्र घेराबन्दी गर्ने क्रममा पैसा बाँड्दै गएको थाहा पाएपछि बुझ्न गएका नेपाली कांग्रेसका ३ कार्यकर्ता पनि पक्राउ परेका छन् । 

उक्त क्षेत्रबाट आठबीसकोट नगरपालिका १२ का वडाध्यक्ष खम्बे कुसारीको सरकारी मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो । 

निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने भएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नवराज पोखरेलले घटनालाई ढाकछोप गर्दै पक्राउ परेका सबैलाई आइतबार बिहान छाडेका थिए । 

पक्राउ परेकाहरुमध्ये केही मतदानका एजेन्ट पनि भएकाले उनीहरुलाई मुख्य निर्वाचन अधिकृत एवं रुकुम पश्चिमका न्यायाधीश रामप्रसाद बस्यालले छाड्न भनेसँगै छुटेका छन् । 

स्रोत भन्छ, ‘डीएसपी पोखरेलले निर्वाचन अधिकृतलाई उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको भनी ब्रिफिङ गरेपछि छुटेका हुन् । मौन अवधिमा पैसा बाँड्नु गम्भीर अपराध हो । तर डीएसपीले ढापछोप गरे ।’

नियन्त्रणमा लिइएको ७८ हजार रुपैयाँ पनि फिर्ता दिइएको थियो । 

निर्वाचनमा नेपाली कांग्रेसबाट मोतीराम खत्री र माओवादीबाट जसिराम बस्नेत उम्मेदवार रहेका छन् । 

नेकपा एमाले र नेसपाले कांग्रेसलाई समर्थन गरेका छन् भने नेकपा एकीकृत समाजवादीको समर्थन माओवादीलाई रहेको छ । 

गएको स्थानीय तहमा कांग्रेसका अलबहादुर खत्री वडाध्यक्ष भएका थिए । बिमार भएर उनको गत वर्ष उपचारका क्रममा निधन भएको थियो । 

अहिलेका उम्मेदवार खत्री अलबहादुरकै भाइ हुन् ।

उक्त वडामा १४ सय ३४ मतदाता रहेका छन् । 
 

maoist-arrest-election-sanibheri (3).jpg
maoist-arrest-election-sanibheri (4).jpg
maoist-arrest-election-sanibheri (5).jpg
maoist-arrest-election-sanibheri (6).jpg
maoist-arrest-election-sanibheri (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ