arrow

ट्रकको ठक्करबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
accident-final.jpg

पोखरा । पोखरामा शुक्रबार साँझ ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पूर्वीरूकुम घर भई हाल पोखरा महानगरपालिका वडा नं २५ याम्दी बस्ने ५५ वर्षीया धनकुमारी बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग२ख १४६० नं. को आइचर ट्रकले याम्दीमा जेव्रा क्रसबाट बाटो काट्दै गरेकी बुढालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक पाँचथरका ४५ वर्षीय पृथीप्रसाद तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ