arrow

यू–१९ एसिया कपमा नेपालको कमजोर शुरुआत, श्रीलंकासँग ५५ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
nep-u19-24-11-29.jpg

काठमाडौँ । एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ । नेपाल पहिलो खेलमा पराजित भएको हो । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भयो ।

यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा २३४ रनको चुनौती पछ्याएको नेपाल ४६.२ ओभरमा हुँदै १७८ रनमा समेटियो । मयान यादवले सर्वाधिक ६२ रन बनाएको इनिङ्समा अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । 

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै श्रीलंकालाई २३३ रनमा रोकेको थियो । 

श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाायो । शरुजन शानमुगानथनले ६२ तथा लग्भिन अभिसिंघेले ५० रन बनाएको इनिङ्समा सन्तोष यादवले ४ तथा युवराज खत्रीले २ विकेट लिए । दुई श्रीलंकाली खेलाडी रनआउट भए । 

नेपाल रहेको समूह बीमा सबै टेष्ट खेल्ने राष्ट्रहरु श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । आजै भएको अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गर्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ