मौन अवधि ढोकैमा, उम्मेदवारहरु अन्तिम घरदैलोमा [फोटोफिचर]
मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
360
Shares
काठमाडौँ । आउँदो आइतबार मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि लागू गर्दैछ । अर्थात् १२ बजेपछि प्रचारप्रसार गर्न पाइँदैन ।
त्यसैले मौन अवधि ढोकैमा आइपुग्दा उम्मेदवारहरु अन्तिम घरदैलो अभियानमा जोडतोडका साथ लागेका छन् । सो क्रममा काठमाडौँको कीर्तिपुर नगरपालिकामा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरु बिहानैदेखि जनताको घरदैलो धाइरहेका छन् ।
नेपाली कांग्रेसका कीर्तिपुर नगरपालिकाका उम्मेदवार कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रका उम्मेदवार डा। शिवशंरण महर्जन, नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरु यतिबेला भोट माग्नका लागि घरदैलो कार्यक्रममा व्यस्त देखिएका हुन् ।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको हो ।
मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने छु, निर्वाचन आयोगले भनेको छ।
आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक–एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।
दुई जिल्ला समन्वय समिति प्रमुख र एक वडाध्यक्ष भने निर्विरोध भइसकेका छन् । समन्वय समिति प्रमुखमा दुवै सिट कांग्रेसले र एउटा वडाध्यक्ष माओवादीले जितेको छ ।