arrow

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
npl-ncell-24-11-26.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार पुरस्कार दिने भएको छ ।

 नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारदा समूहले कार प्रदान गर्ने भएको हो । 

पत्रकार सम्मेलन गरी क्यानले ओमोडाको आधिकारिक बिक्रेतासँग सम्झौता गरेको हो । प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने छन् । 

विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने क्यानले जानकारी दिएको छ ।

क्यानका सचिव र क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ओमोडाको आधिकारिक बिक्रेता एसजीपी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ