कीर्तिपुर मेयरमा दिवंगत वडाध्यक्षका ठूलोबुबाका छोरा र वडाध्यक्षमा श्रीमतीको उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
786
Shares
काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारी मनोनयन भइरहेको छ ।
सो क्रममा यसपालि स्वतन्त्र उम्मेदवारी पनि बढेको छ । कीर्तिपुर नगरपालिकामा मेयरमा दिनेशकुमार अधिकारी र वडाध्यक्षमा पविता खड्का अधिकारीको उम्मेदवारी परेको छ । उनीहरुबीच आपसमा नाता पनि पर्छ ।
स्वतन्त्र उम्मेदवारी दिएका अधिकारी वडा नम्बर ४ का तत्कालीन दिवंगत वडाध्यक्ष श्यामकुमार अधिकारीका ठूलोबुबाका छोरा हुन् ।
त्यस्तै वडा नम्बर ४ को वडाध्यक्षमा उम्मेदवारी दिएकी पविता दिवंगत अधिकारीकी श्रीमती हुन् ।