अध्यक्ष नियुक्त गर्न धितोपत्रले छनोट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलायो
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
638
Shares
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनोट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइएको छ ।
अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा नवराज अधिकारीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको हो ।
यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।