इन्द्रचोकमा फुटपाथ बढाउन महानगरले हटायो बिजुलीको पोल र तार [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
799
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साँघुरो सडकलाई फराकिलो बनाउने अभियानलाई निरन्तरता दिएको छ । लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।
विद्युत र इन्टरनेट सेवाका तारहरुलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो ।