-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भारतको उत्तर प्रदेशको आगरामा विमान दुर्घटनाग्रस्त भएको छ । रागारौल गाउँमा वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको हो ।
विमान खाली खेतमा खस्यो । खस्नासाथ आगलागी भएको थियो । विमानमा पाइलटसहित दुई जना सवार थिए ।
रक्षा अधिकारीहरुका अनुसार उनीहरुले खेतमा दौडेर आफ्नो ज्यान जोगाएका छन् । मिग–२९ लडाकु विमानमा आगो लागेको थियो ।
विमान ने पञ्जाबको आदमपुरबाट उडान भरेको थियो । अभ्यासका लागि आगरा जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।