नेपाल प्रिमियर लिगमा खेलाडी भित्राउने क्रम जारी, मोहसिन जनकपुरमा, कसले कोसँग गर्यो सम्झौता ?
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १७ शनिबार
540
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिनलाई भित्र्याएको छ । २८ वर्षीय मोहसिनलाई एनपीएलका लागि भित्र्याएको जनकपुरले जानकारी दिएको छ ।
जनकपुरले भित्र्याएका मोहसिङ तेस्रो विदेशी खेलाडी हुन् । यसअघि जनकपुरले न्यूजिल्याण्डका जिम्मी निशाम र अमेरिकाका जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको थियो । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ सेख रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।