arrow

करिब ४० मिनेट लाइनमा पर्खिएर राष्ट्रपति बाइडेनले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
biden-un.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४  को आम निर्वाचन आउन एक साता बाँकी रहदै प्रारम्भिक मतदान गरेका छन् । 

आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने निर्णय गरेका बाइडेनका लागि यो तितोमिठो क्षण हो ।

राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गरेका हुन् । 

राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४०  मिनेट लाइनमा पर्खिएका थिए ।  

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ