टाटाको "टियागो ईभी धनतेरस एक्सचेङ्ग धमाका", हरेक बुकिङमा सुनको असर्फी
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
866
Shares
काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ।
धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।
यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशै भरी रहेका शोरूमहरूमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।
यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो इभिको हरेक बुकिङमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नु हुनेछ। उल्लेखित अफरहरू धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ।
टियागो इभी नेपालको विद्युतीय चार पाङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो।
टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ।