प्राविधिक समस्या आएपछि बुद्ध एयरको विमान डाईभर्ट गरी काठमाडौँमा अवतरण
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
635
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाइभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।
बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ, ‘आज बिहान उडान नं १००, जहाज नाइन एन एजेएस मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाइभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् ।’