-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सप्तरी । नवरात्र शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।
नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए । भारतबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् ।
घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् ।