सुरक्षाकर्मीले छत्तीसगढमा ३० नक्सलीलाई मार्यो, कयौँ स्वचालित हतियार बरामद
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
1.8k
Shares
काठमाडौँ । भारतको छत्तीसगढमा सुरक्षाकर्मीले ३० नक्सलीलाई मारेको छ । शुक्रबार दिउँसो १ बजे भएको मुठभेडमा सुरक्षाकर्मीले ३० नक्सलीलाई मारेको हो ।
दिउँसो १ बजे नारायणपुर– दन्तेवाडा अन्तर जिल्ला सीमामा अभुजमाडको थुलथुली र नेन्दुर गाउँको बीचमा रहेको जंगलमा भएको भिडन्तमा सुरक्षाकर्मीले सफलता पाएको हो ।
उक्त अप्रेशनमा जिल्ला रिजर्भ गार्ड (डीआरजी) र विशेष कार्य बल एसटीएफ) का जवान सामेले रहेका थिए ।
अधिकारीका अनुसार ३० नक्सलीको शव र एउटा एके–४७ राइफल तथा एक एसएलआर (सेल्फ लोडिङ राइफल) अर्थात् स्वचालित बन्दुकसमेत थुप्रै हतियार बरामत भएको छ ।
सन् २०२४ मा अहिलेसम्म सुरक्षाकर्मीले उक्त बस्तर क्षेत्रमा १७१ नक्सलीलाई मारिसकेको छ ।
उक्त इलाकामा शुक्रबार दुई घण्टासम्म फायरिङ भएको थियो ।