arrow

नायक राज घिमिरे गोदावरीबाट पक्राउ

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
aj-ghimire.jpg.jpeg
काठमाडौं- ललितपुर प्रहरीले चपली हाइटका नायक राज घिमिरे पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा घिमिरेलाई ललितपुर प्रहरीले विहिबार साँझ गोदावरीबाट पक्राउ गरेको थियो। उनले गोदावरीका कुमार सिलबाललाई कुटपीट गरी मोटरसाइकलमा राखेर होटलमा बन्धक बनाएको प्रहरीले जनाएको छ ।
 
घिमिरेका विरुद्ध कुमार सिलवालले अपहरण गरी कुटपिट गरेको जाहेरी दिएका थिए। घिमिरेले सिलवालसँग डेढ लाख रकम लिनुपर्ने भएकाले र नदिएपछि कुटपीट गरेका हुन् ।  सिलवालको जाहेरीको आधारमा घिमिरेलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ। घिमिरे एमाओवादीका स्थानीय नेता समेत हुन् ।  घिमिरेलाई थुनामा राखि अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ