arrow
ADVERTISEMENT

केएमसी र नोबेलको टोली कौडेनामा, बाह्र सय बिरामीको निःशुल्क उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
sunil-sharma-81-6-2-kmc-nob.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको कौडेनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

कौडेना नगरपालिकाका प्रमुख रुपेशकुमार बब्लुको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस प्रदेश अध्यक्ष कष्ण यादव, मधेस प्रदेशका अर्थमनत्री सुनील यादव, प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, कांग्रेस पूर्व सभापति लक्ष्मण राय, सांसद इन्दूकुमारी साहा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सांसद डा. शर्मा, राय, अर्थमन्त्री यादव, श्रम मन्त्री यादव, कांग्रेस पूर्व सभापति राय, कांग्रेस प्रदेश अध्यक्ष यादवले मन्तव्य राखेका थिए । 

उक्त शिविरमा १ हजार २०१ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये २४७ जनाको भिडियो एक्सरे, १०७ जनाको ईसीजी, ७० जनाको ईको तथा ११७ जनाको ल्याब परीक्षण गरिएको थियो । 

त्यस्तै १२१ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट हुने सांसद डा. शर्माले बताए । 
 

kmc-nobel-81-6-2 (1).jpg
kmc-nobel-81-6-2 (2).jpg
kmc-nobel-81-6-2 (3).jpg
kmc-nobel-81-6-2 (4).jpg
kmc-nobel-81-6-2 (5).jpg
kmc-nobel-81-6-2 (6).jpg
kmc-nobel-81-6-2 (7).jpg
kmc-nobel-81-6-2 (8).jpg
kmc-nobel-81-6-2 (9).jpg
kmc-nobel-81-6-2 (10).jpg
kmc-nobel-81-6-2 (11).jpg
kmc-nobel-81-6-2 (12).jpg
kmc-nobel-81-6-2 (13).jpg
kmc-nobel-81-6-2 (14).jpg
kmc-nobel-81-6-2 (15).jpg
kmc-nobel-81-6-2 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ