arrow

पाँच वटा संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा  सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रिय सभा सचिवसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ