arrow

डेंगी संक्रमण बढेपछि दुई विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
dengue--ji-ha.jpeg

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी संक्रमणले बिरामी हुन थालेपछि बुधबारदेखि विद्यालय बन्द गरिएको छ । 

आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगी संक्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो । 

विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेंगी संक्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन संक्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । 

उनले भने, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेंगी रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।” कुँवरले डेंगी संक्रमितको आँबुखैरेनी अस्पतालमा नि:शुल्क उपचार भइरहेको उल्लेख गरे । 

आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ