arrow

बैंकको असल कर्जाको प्रोभिजनिङ घट्यो, पाँच अर्ब नाफा बढ्ने, ५० अर्ब थप ऋण दिने क्षमता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
rastra-bank-always-81-4-11.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको असल कर्जामा गरिनुपर्ने प्रोभिजनिङ घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

यस अनुसार असल वर्गमा वर्गीकृत कर्जामा अब १.१० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्नेछ । यसअघि यो १.२० प्रतिशत थियो । तर एक वर्ष भन्दा धेरै ग्रेस अवधि (ऋण दिएपछि किस्ता तिर्न शुरु गर्ने अवधि) भएका ऋणहरुका हकमा भने थप सहुलियत दिएको छ । यस अनुसार कुल प्रोभिजनिङ रकमलाई ग्रेस अवधि रहेको वर्षले भाग गरी प्रोभजनिङ कायम गर्न सकिने व्यवस्था गरिएको छ । 

उदाहरणको लागि कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.२७५प्रतिशत, दोस्रो वर्ष ०.५५ प्रतिशत, तेश्रो वर्ष ०.८२५ प्रतिशत र चौथो वर्षदेखि १.१० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

अहिले बैंक तथा वित्तीय संस्थाको ५१ खर्ब ४२ अर्ब रुपैयाँ छ । यसमध्ये करिब ४८ अर्ब रुपैयाँ बराबरको कर्जा असल वर्गमा छ । यस्तो कर्जामा ०.१ प्रतिशत विन्दुले प्रोभिजनिङ घट्दा बैंकहरुलाई झण्डै ४ अर्ब ८० करोड (झण्डै ५ अर्ब) रुपैयाँ बराबरको प्रोभिजनिङ फिर्ता हुनेछ । यसबाट बैंकहरुको पूँजीकोष अनुपात थपिन गइ झण्डै ५० अर्ब रुपैयाँ बराबरको थप ऋण तिर्ने क्षमता बढ्नेछ । 

प्रोभिजनिङ सम्बन्धी यो व्यवस्था लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकका हकमासमेत कायम गरिएको छ । ती संस्थाहरुलाईसमेत राष्ट्र बैंकले छुट्टाछुट्टै निर्देशन जारी गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ