-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय डुबानमा परेपछि होटलमा केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।
मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएकाले बैठक अन्यत्र राखिएको हो ।
बैठक आज बिहान ११ बजे काठमाडौँस्थित एक होटलमा बस्नेछ ।
बैठकमा नेताहरूको कार्य विभाजन र कामको व्यवस्थापनबारे छलफल गरी निर्णय हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।