arrow

लागू औषधसहित पक्राउ परेका थुनुवाको हिरासतमा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
ilaka-police-kakadvitta.jpg

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालियाका २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।

खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर-६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।

मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

खड्काको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ