arrow

सुरुङमार्गमा काम गर्ने मजदुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
makawanpur-district.png

हेटौँडा । मकवानपुरको बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने सुरुङमार्गमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ । सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो मकवानपुरको बकैया-१२ स्थित चालिसेडाँडामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

थिङको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते विकको हेटौँडा-११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



नयाँ