arrow

सुमना श्रेष्ठमाथि नागरिकताको विषयमा सतर्कता केन्द्रमा उजुरी, छानबिनमा पूरा सहयोग गर्ने भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
sumana-shreshta-81-01-06.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ सुमना श्रेष्ठले आफू नेपाली नागरिक नै रहेको बताएकी छिन् । मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिँदै आफूले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छिन् । 

उनले आफूले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छिन् । 

उनले आरोप आफैँमा अस्पष्ट रहेको बताउँदै कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफूले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् । 

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ