शंकर भन्छन् – राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्यौं
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
1k
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संबिधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानूनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गतिने ।’