जन्मजात ओठको नसा गुजुल्टिएको नौ वर्षे बालिकाको केएमसीमा चिरफारबिनै सस्तोमा सफल उपचार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
937
Shares
काठमाडौं । काठमाडौँ मेडिकल कलेज केएमसीले जन्मजात ओठको नसा गुजुल्टिएको नौ वर्षीया बालिकाको चिरफार बिनै नेपालकै सस्तो दरमा सफल उपचार गरेको छ ।
रौतहटका बृजु गुप्ताकी ९ वर्षीया छोरीको केएमसीमा डा. पंकज काफ्लेसहितको टोलीले चिरफार बिनै सफल उपचार गरेको हो ।
उनका बाबुले कान्तिबाल अस्पताल हुँदै विभिन्न अस्पतालमा उपचार हुन नसकेपछि केएमसी पुगेको बताए । उनले सस्तोमा उपचार सम्पन्न भएको भन्दै केएमसीप्रति आभार व्यक्त गरे ।