arrow

सांसद शर्माको टोली सुकुम्बासी बस्तीमा, ५७२ बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
kmc-81-2-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

लोयला सेकेन्डरी स्कूलको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ५७२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ६५ जनाको ईसीजी, ७७ जनाको ल्याब परीक्षण र १०३ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१७ जनाको दाँत खोलिएको थियो भने ३२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ