arrow

विश्वमा द्वन्द्व अन्तको सन्देश दिन विश्व शान्ति पूजा गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
Dhamma-yatra-Lumbini-rss.jpg

काठमाडौँ ।  विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ ।

२५ सय ६८औँ बुद्ध जयन्तीका अवसरमा विश्व शान्तिको कामनासहित लुम्बिनीमा ती मूर्तिहरु प्रदर्शन गर्न लागिएको हो ।

बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गरी मानवअधिकार हनन् तथा व्यक्ति–व्यक्तिबीचको मनमुटाव, लोभ, मोह, तथा राष्ट्रबीच युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न विश्व शान्ति पूजा गर्न लागिएको हो । 

शान्ति स्तम्भ स्थापना गर्ने कार्ययोजमा  विगत वर्षमा करिब २० राष्ट्रमा यस्तो प्रदर्शन तथा पूजा सम्पन्न गरेको जनाएको छ । 

विभिन्न मुलुकबाट धार्मिक गुरू तथा भक्तजन सहभागी हुने उक्त कार्यक्रममा विश्वका सबै मानव एवं समग्र प्राणीको कल्याणका लागि पूजा गरिनेछ ।

करिब तीन दशकअगाडि प्रथम विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरिएको नेपालमा बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । 

विभिन्न परम्पराका बौद्ध अनुयायीले नेपालसहित भारत, चीन, श्रीलङ्का, भूटान, थाइल्यान्ड, म्यान्मा, मङ्गोलिया, कम्बोडिया र लाओसमा विशेष उत्सवका रुपमा बुद्ध जयन्ती मनाइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ