संसदमा कांग्रेसको वेल घेराउ र नाराबाजी, सभामुखद्वारा प्रस्ताव स्वीकृतको घोषणा [भिडियो]
अर्को बैठक जेठ ११ गते शुक्रबार
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
853
Shares
काठमाडौँ । नेपाली कांग्रेससहितका विपक्ष दलहरूको वेल घेराउ र नाराबाजीका बीच सभामुखले प्रस्ताव स्वीकृतको घोषणा गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।
कांग्रेससहितका विपक्ष दलहरूको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।