arrow

धेरै होइन बलियो दल चाहिएको छ : शंकर पाेखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
shankar-pokhrel-12-18.jpg
तस्बिर-फाइल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएको बताएका छन् ।

नेत्रलाल पौडेलको ४१औँ स्मृति दिवस तथा एमाले जिल्ला कमिटी दाङको १४औँ जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशासहित पार्टी नेतृत्व अगाडि बढेको बताए ।

उनले भने, “नेपाललाई बदल्ने हो भने धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ ।” 

 

एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभा सदस्य विष्णु पौडेल, लुम्बिनी प्रदेश एमाले सचिव लक्ष्मण आचार्य, नेकपा (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एमाले रोल्पा अध्यक्ष अमित बुढालगायतले धारणा राखेका थिए ।

जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेले स्वागत गरेका थिए । दुईदिने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ