arrow

रविलाई गगनले सोधे – एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
gagan-thapa-81-2-6w.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै कम्पनीको प्रबन्ध निर्देशक (एमडी) ले निर्णय नगरी रातारात कहाँबाट पैसा आउँछ भनी प्रश्न गरेका छन् । 

लामिछानेले संसदमा स्पष्टीकरण दिएपछि त्यसो प्रतिक्रियास्वरुप संसदमा सभामुखले बोल्न नदिएपछि पत्रकार सम्मेलन गरेर महामन्त्री थापाले ग्यालेक्सी टीभीको एमडी हुँदा ऋण लिने कुनै निर्णय नगरेको भनेर झुठ बोलेकोसमेत आरोप लगाए । 

उनले १५ प्रतिशत शेयर होल्डर र प्रबन्ध निर्देशक भएका रवि लामिछानेले भनेजस्तो निर्णय नै नगरी रातारात पैसा आउने परिकल्पना उनी बाहेक कसैले गर्न नसक्ने पनि ठोकुवा गरे । 

महामन्त्री थापाले लामिछानेको भित्री कुरा खुलासा गर्दै भने, ‘गोरखा मिडिया नेटवर्कले चलाएको ग्यालेक्सी टीभीमा एमडी हुँदा कुनै निर्णय नगरेको भन्नुभयो । तपाईंहरू पनि कतिपयले कम्पनी चलाउनुभएको होला, एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ ? उहाँले टेलिभिजनको अडिट रिपोर्टमा पटक–पटक ऋण लिएको भनेर सिग्नेचर गर्नुभएको छ ।’

उनले लामिछानेले आफूविरुद्ध उजुरी नभएको र कतै अभियोजन पनि नगरिएको भनेर अर्को झुट बोलेकोसमेत दाबी गरे । उनले लामिछानेलेमात्र झुट नबोलेर प्रहरी महानिरीक्षकलाई पनि झुट बोल्न लगाएको ठोकुवा गरे । 

रवि लामिछानेबारे उजुरी परेको दृष्टान्त दिँदै महामन्त्री थापाले भने, ‘“उहाँविरुद्ध पोखरामा पूरक उजुरी परेको छ । त्यसमा सीआईबीले छानबिन गरेको छ । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी प्रत्येकमा उहाँको नाम छ । सुप्रिमको अभियोजन हुँदा उहाँको नामसहित अभियोजन छ । तर विपक्षी मात्र बनाइएको छैन । उहाँ गृहमन्त्री भएपछि सीआईबीले  बैक खाताको कारोबार हेर्छु भनेको छ, त्यसलाई रोकिएको छ । छानबिन भइरहेका विषय उहाँ गृहमन्त्री भएपछि रोकेर अनुसन्धान गर्ने निकाय बचाउमा उत्रिनुपरेको छ ।’

थापाले रविमात्र नभई रास्वपाका अन्य नेताहरु पनि सहकारीको बचत अपचलनमा संलग्न रहेको आरोप लगाए । उनले सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी सहकारी संस्थामा संलग्न देखिएका व्यक्तिहरू हाम्रो कृषि सहकारीको काण्डमा पनि विवादमा तानिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ