arrow

रविलाई सुन्न कांग्रेस तयार, टीओआर बनाउन जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
ramesh-lekhak-03-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सुन्न तयार रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति नबनी सरकारी काममा प्रवेश गर्न नहुने बताए। 

उनले संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्ने कुरामा सहमति भइसकेको र त्यसलाई कांग्रेसले सकारात्मक रूपमा लिएको बताए । उनले टीओआर बनाउने कुरामा पनि दलहरूका बीचमा छलफल भएर कुराकानी भइरहेको पनि स्पष्ट पारे । उनले विपक्षमा रहेका दलहरूले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रूपमा लिएको पनि बताए ।

उनले भने, ‘संसदभित्र सत्तापक्ष र प्रतिपक्ष दलका बीचमा संसदीय छानबिन बनाएर जाने भन्ने कुरामा हिजो नै सहमति भएको छ । त्यो विषयलाई हामीले सकारात्मक रूपमा नै लिएका छौँ । समिति बनाउने भन्ने कुरातिर नै अघि बढ्ने कुरा छ । टिओआर बनाउने कुरामा पनि दलहरूका बीचमा छलफल भएर कुराकानी भइरहेको छ । अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलका नेता साथीहरू पनि बस्नुभएको छ । विपक्षमा रहेका दलहरूले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रूपमा लिएको भन्नुभएको छ । छानबिन समिति बनाएर अघि बढ्नुपर्छ । छानबिन समिति बनाउने र सरकारी कार्यसूचीमा प्रवेश गर्ने कुरा छ । माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि धेरै दिनदेखि समय माग्नुभएको छ । उनलाई सभामुखले बोल्न दिनुभयो भने हामी त्यसमा अवरोध गर्दैनाँै । हामी उहाँलाई सुन्न तयार छौँ । सरकारी बिजनेसमा प्रवेश गर्न भन्दा पहिला समिति बनाइसक्नु पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ