arrow

ललितपुर मेयर्स महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
apf-womens-t20.jpg

काठमाडौँ । एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी– २० को उपाधि जितेको छ । एपीएफले शनिबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औँ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले  जित हासिल गर्न सकेन ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो । 

योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।
         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ