घटेको ब्रोकर कमिसन लागू, बोर्डले गर्यो धितोपत्र व्यवसायी नियमावली संशोधन
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
878
Shares
काठमाडौँ । घटेको ब्रोकर कमिसन मंगलबारदेखि लागू भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा संशोधन गर्दै नयाँ ब्रोकर कमिसन दर लागू गरेको हो ।
बोर्डले सोमबार उक्त अनुसूची संशोधन गर्दै ब्रोकर कमिसन दर १० प्रतिशतको दरले घटाएको हो । अर्थ मन्त्रालयले धितोपत्र दलाली वापत लिन सक्ने सेवा शुल्क देहाय बमोजिम हेरफेरका लागि स्वीकृति प्राप्त भएको भन्दै मंगलबारदेखि यो निर्णय लागू भएको जनाएको छ ।