arrow

आधुनिक किचनका लागि माइडिया वाइफाइ रेफ्रिजेरेटर, घर बाहिरबाट नै कन्ट्रोल गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
cg-midea-wifi-refrigerator.jpg

काठमाडौँ। वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेकट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरूबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमएसमार्टहोम एप मार्फत वाइफाइ कनेक्टिभिटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ। अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ। 

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया  वाईफाई रेफ्रिजेरेटरले  ऊर्जाको सही उपयोग र  बिजुलीको लागत घटाउँदै तपाईँको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्दछ। एक्सप्रेस कुलिङ सर्कलले तपाईँको मन पर्ने पेय पदार्थ र परिकारहरूको तत्काल आनन्द लिनको लागि चाडै चिस्याउने  सुनिश्चित गर्दछ। एक्टिभ सी फ्रेश प्रणालीले गन्धलाई कम राख्छ साथै यी  रेफ्रिजेरेटर ब्रश स्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरूलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ।साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको  कम्पनीले बताएको छ।

नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्ष सम्मको वारेन्टी दिइएको छ। नेपाल भर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सो रुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै नयाँ वर्ष २०८१को अवसरमा माइडीयब्रान्डको रेफ्रिजेरेटर खरिद गरी हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रडक्ट हुन्। शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ