arrow

दलले असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजीतर्फ लिएर जानुपर्छ - विश्वप्रकाश शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
bishwaprakash-sharma-01-25.jpg

 काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औँल्याएका हुन् । 

महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने बताए । उनले नेपाल इतिहासको सबैभन्दा सुन्दर घडीमा रहेको र नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढ्नुपर्ने बताए । 

उनले निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए ।

महामन्त्री शर्माले भने, ‘नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ । कुन दल सरकारमा छ, कुन दल ठुलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तात्कालिक विषय हुन् । तर नेपाल देश लामो सशस्त्र सङ्घर्षबाट शान्तिमा अवतरण भएको छ । संविधानविद्बाट संविधान बनेको छ । एकात्मक राज्य प्रणालीबाट संघीय राज्यमा परिणत भएको छ । नागरिक पङ्क्तिमा अत्यन्तै चेतना छ । कुनै पनि राजनीतिक नेतृत्व जनताको खरो प्रश्नभन्दा टाढा भाग्न सक्दैन । यस्तो बेलामा नेपाल देश निर्माणका गर्नका लागि के छ भनेर मलाई व्यक्तिगत रूपमा सोध्यो भने व्यक्तिगत रूपमा भनौँला । दलको सपना के छ भन्दा त्यो पनि भनौला । तर सात समुन्द्र पारीका मानिसले आएर आएर सोध्दा मेरो देशको साझा सपना यो हो भन्ने मनोविज्ञान बनाउनु पर्छ । त्यो बनाउन सकिन्छ । र त्यो खोजी चाहिँ आशालाई अभिवृद्धि गर्नका लागि महत्त्वपूर्ण हुन्छ । मेरो कुरा टुङ्ग्याउँदै गर्दा म तपाईँलाई उदाहरण दिएर भन्छु-हामीलाई कक्षा कोठामा सानैदेखि के पढाइयो भने वीर गोरखाली तिमीले कसैसँग कहिल्यै पनि हारनौं भनेर । भक्ति थापालाई, अम्मरसिंह थापालाई, बलभद्र कुँवरलाई शिर निहुँ¥याएर श्रद्धा गर्नु पर्छ । नेपाल देश कहिल्यै पनि पराधीन भएन । यो जति सत्य हो । अर्को सत्य त्यत्तिकै छ-हामी पराधीन भएनौँ तर हामी पराजित भयौँ । त्यो दार्जिलिङ हाम्रो थियो । त्यो देहरादुन हाम्रो थियो । त्यो कुमाउ, गढवाल हाम्रो थियो । आज हाम्रो छैन । तर हामीले जहिले पनि के भन्यौँ भन्दा वीर गोरखाली तिमीले कहिल्यै हारेनौँ भनेर । हामीले बुझाउनु पर्छ-हामी हारेका हौँ । हामी त्यो भूभाग अहिले फिर्ता लिन चाहँदैनौँ । त्यो भूभाग फिर्ताको हाम्रो आन्दोलन छैन । तर सिंगो नेपाल, सिंगो नेपाली भिन्न भिन्न दलहरू एक ठाउँमा उभिएर हामी नेपालीले जित्न बाँकी छ । र जापानले हिरोसिमा र नागसाकीमा प्रहार भइसकेपछि अमेरिकासँग बदला लिएन । तर उसले बदला चाहिँ आफै बदलिएर लियो । र उसले आफूलाई बलियो बनाएर सीमा तन्काएर जापानलाई जवाफ दियो । त्यसकारण नेपाल देशले पनि हिजो हामीले  हिजो हामीले १८१६ को सुगौली सन्धि पराजयको डकुमेन्ट हो । यो देशको प्रत्येक राजनीतिज्ञमा, यो देशको प्रत्येक सडकमा हिँडिरहेको युवकमा नेपाल देशले जित्न बाँकी छ भन्ने सपना भरेर एउटा नवीन आशातर्फ लिएर जानु पर्छ हामीले । त्यसैले म भन्छु-असन्तुष्टि पर्याप्त छ समाजमा । यसलाई निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्छ भन्ने मलाई जाग्छ ।’
महामन्त्री शर्माले युवाहरुमा पनि नयाँ आशाभर्ने काममा सबै राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ